फोटोनले टुनल्याण्ड पिकअप ग्राहकका लागि ल्यायो ‘जिरो कस्ट अफर’
यस अफर मार्फत कम्पनीले आफ्ना ग्राहकहरूसँगको सम्बन्धलाई अझ सुदृढ पार्दै गाडी किन्न सजिलो र फाइदाजनक बनाउने लक्ष्य लिएको छ ।
काठमाडौं । फोटोनले आफ्नो लोकप्रिय पिकअप मोडेल फोटोन टुनल्याण्डका ग्राहकहरूका लागि रोमाञ्चक ‘जिरो कस्ट अफर’ घोषणा गरेको छ ।
यो लिमिटेड टाइम अफर अन्तर्गत ग्राहकहरूले ३ वर्ष वा १२ पटकसम्मको निःशुल्क प्रिभेन्टिभ मेनटेनेन्स सर्भिसको सुविधा पाउनेछन् ।
अफरले टुनल्यान्डका मालिकहरूलाई सर्भिस खर्चको चिन्ता बिना नै आफ्नो गाडी मर्मत गर्न सजिलो बनाउनेछ । जसले गर्दा यो अफर नेपालभरका पिकअप प्रेमीहरूका लागि स्मार्ट र किफायती विकल्प बनेको छ। यो अफर ३१ अक्टोबर २०२५ सम्म मान्य रहनेछ ।
निःशुल्क मर्मत सेवामा एयर फिल्टर, डिजेल फिल्टर, एसी फिल्टर, इन्जिन ओइल, गियर ओइल र क्राउन ओइल जस्ता महत्वपूर्ण कम्पोनेन्ट समावेश छन् । यी कम्पोनेन्टहरूले गाडीलाई उच्च स्तरमा पर्फर्मेन्स दिन र कार्यक्षमता बढाउन मद्दत गर्छन् । फोटोनले यी पार्ट्सहरूको निःशुल्क मर्मत सेवा उपलब्ध गराएर ग्राहकलाई झन्झटमुक्त ड्राइभ अनुभव दिलाउने र गाडीको भरपर्दो पर्फर्मेन्सलाई निरन्तरता दिने उद्देश्य राखेको छ। तर, ध्यान दिनु पर्ने कुरा के हो भने यो सेवा माथि उल्लेख गरिएका पार्ट्सहरूमा मात्र सीमित रहनेछ ।
टुनल्याण्डलाई नेपाली बजारमा एक शक्तिशाली, टिकाउ र भरपर्दो बहुउपयोगी सवारीका रूपमा विश्वास प्राप्त छ । यो मोडेल लगातार नेपालका सबैभन्दा धेरै बिक्री हुने पिकअपमध्ये एक रहँदै आएको छ ।
‘जिरो कस्ट अफर’ले फोटोनलाई ग्राहक सन्तुष्टि र भ्यालुमा केन्द्रित हुन अझ प्रतिबद्ध बनाएको छ । यस अफर मार्फत कम्पनीले आफ्ना ग्राहकहरूसँगको सम्बन्धलाई अझ सुदृढ पार्दै गाडी किन्न सजिलो र फाइदाजनक बनाउने लक्ष्य लिएको छ । फोटोन यो लिमिटेड टाइम अफर मार्फत ग्राहकहरूलाई आफ्नो नजिकको फोटोन शोरूम वा अधिकृत डिलरमा गई अफर सकिनु अघि नै यसको फाइदा लिन निमन्त्रणा गर्दछ ।