टी-२० विश्वकप क्रिकेट: आज कतारसँग भिड्दै नेपाल
क्रिकेट ग्राउण्ड ओमानमा साँझ ८ः४५ बजेसुरु हुने खेलमा नेपाल लगातार जित निकाल्दै विश्वकप नजिक पुग्ने योजनामा छ ।
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटको एसिया तथा पूर्वी एसिया प्यासिफिक छनोटमा नेपाल आज कतारसँग खेल्दैछ ।
क्रिकेट ग्राउण्ड ओमानमा साँझ ८ः४५ बजेसुरु हुने खेलमा नेपाल लगातार जित निकाल्दै विश्वकप नजिक पुग्ने योजनामा छ । आइतबार सुपरसिक्सको पहिलो खेलमा यूएईलाई १ रनले पराजित गरेसँगै नेपालको विश्वकप खेल्ने सम्भावना बलियो बनेको छ ।
नेपालले अर्को खेल बुधबार ओमानसँग र अन्तिम खेल शुक्रबार सामोआसँग खेल्नेछ । सुपरसिक्सका शीर्ष तीन टोली अर्को वर्ष भारत र श्रृलंकामा हुने विश्वकपका लागि छनोट हुनेछन् ।