जेनजी ग्रुपले लियो भोटेकोशीको १० प्रतिशत सेयर सित्तैमा, आयोजना निर्माणमा बदलिएको समस्या

यो सम्झैतासँगै जलविद्युत आयोजना निर्माणमा ठूलो धक्का लाग्ने देखिन्छ । आन्दोलनका नाममा विभिन्न समूह अबदेखी नयाँ र पुराना आयोजनामा समेत सित्तैमा सेयर माग्दै योजना अघि बढ्न नदिने अवस्था आउन सक्छ । यसले जलविद्युत क्षेत्रलाई तहसनहस बनाउने सम्भावना बढेर गएको छ ।

काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको एउटा समूहले भोटेकोशी पावर कम्पनीलाई दबाब दिँदै भोटेकोशी जलविद्युत् आयोजनाको १० प्रतिशत शेयर सित्तैमा  लिएको छ ।

भोटेकोशी जेन-जी पब्लिक इन्भेष्टमेन्ट पब्लिक लिमिटेडको नाममा स्थानीयको समूहले ४५ मेगावाटको अपर भोटेकोशी जलविद्युत् आयोजनाको १० प्रतिशत शेयर माग्दै आयोजनाको कामकाज एक महिनादेखि बन्द गराएको थियो ।

आइतबार भोटेकोशी पावर कम्पनी र जेन–जी पब्लिक इन्भेष्टमेन्ट पब्लिक लिमिटेडबीच १० प्रतिशत शेयर लेन–देनमा सम्झौता भएसँगै आयोजना सञ्चालनमा आएको छ । सम्झौता पत्रमा जेनजी पब्लिक इन्भेष्टमेन्ट पब्लिक लिमिटेडका अध्यक्ष फुर्पा शेर्पा र भोटेकोशी कम्पनीका तर्फबाट सचिव विश्वमोहन कर्माचार्य लगायतले हस्ताक्षर गरेका छन् ।