आइसिसी टी-२० विश्वकप छनोट: सुपर सिक्सको पहिलो खेलमा आज यूएई र नेपाल भिड्दै

नेपाल र युएई दुवै टोलीले समूहचरणबाट समान २ अङ्क लिएर सुपर सिक्समा पुगेकाले आज जित निकाल्ने टिम विश्वकप छनोटमा बलियो बन्ने छ ।

आइसिसी टी- २० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफक छनोटअन्तर्गत सुपर सिक्सको पहिलो खेलमा आज युएई र नेपाल बीच प्रतिस्पर्धा हुँदैछ ।

ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ-१ मा नेपाली समयअनुसार दिउँसो ४:१५ बजेदेखि खेल सुरु हुने ।

नेपाल र युएई दुवै टोलीले समूहचरणबाट समान २ अङ्क लिएर सुपर सिक्समा पुगेकाले आज जित निकाल्ने टिम विश्वकप छनोटमा बलियो बन्ने भएकाले पनि यो खेल महत्त्वपूर्ण हुनेछ ।

समूह ‘बी’ को विजेताका बनेको नेपालले समूहचरणको अन्तिम खेलमा जापानलाई हराएको थियो। त्यसअघि पहिलो खेलमा कुवेतलाई पराजित गरेको थियो ।

युएईले भने समूह ‘ए’ मा मलेसिया र कतारलाई हराएर समूह विजेता बनेको थियो । टी २० अन्तर्राष्ट्रियमा हालसम्म नेपाल र युएईबीच १० खेल भएका छन् । जसमा दुवै टोलीले समान पाँच खेल आफ्नो पक्षमा पारेका छन् ।