दशैंमा पर्यटक भिसा शाखा खुला रहने
काठमाडौं । अध्यागमन विभागले बडादशैंको बिदामा पनि पर्यटक भिसा शाखा खुला रहने जनाएको छ ।
विभागले विज्ञप्ति जारी गर्दै विभागको पर्यटक भिसा शाखा र एजेन्सी शाखाबाट प्रदान गरिने सेवाहरू खुला रहने जानकारी गराएको हो ।
असोज १६ गते विजया दशमीको दिन बाहेक अन्य दिनमा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पर्यटक भिसा सेवा उपलब्ध गराइने विभागले उल्लेख गरेको छ ।
नेपाल पर्यटन बोर्डले पनि पर्यटक आवागमनलाई सहज तुल्याउन आफ्नो सेवालाई निरन्तरता दिने भएको छ ।
बोर्डले विदेशी पर्यटकलाई सेवा उपलब्ध गराउन दशैं अवधिभर छुट्टै सेल गठन गरी निश्चित कर्मचारी खटाएर सेवा दिने जनाएको छ ।
प्रकाशन भएका दस्तावेजहरू
68d525777cd95_1758799223.pdf