गुप्तचरी निकाय राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा टेकेन्द्र कार्की

विज्ञापन
ncell

काठमाडौं । मन्त्रिपरिषदको आइतबारको बैठकले राष्ट्रिय अनुसन्धान विभागको मुख्य अनुसन्धान निर्देशक (प्रमुख) मा टेकेन्द्र कार्कीलाई नियुक्त गरेको छ । कार्कीलाई आइतबारकाे मन्त्रिपरिषदकाे बैठकले नियुक्त गरेकाे हो ।

विभागका प्रमुख हुतराज थापा भदौ २९ मा अवकाश भएपछि केपी ओली नेतृत्वको सरकारको वहिर्गमन र नयाँ सरकार गठनमा भएको बिलम्बका कारण विभागको प्रमुख नियुक्तिमा ढिलाई भएको थियो ।

विभाग नेपाल सरकारको एकमात्र गुप्तचर निकाय हो । विभाग प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहत छ । गुप्तचरी सूचनाको संकलन र विश्लेषणमा गम्भीर त्रुटी हुँदा भदौ २३ र २४ को जेनजी आन्दोलनले भयावह रुप लिएको चर्चा छ ।