एशियन लाइफ इन्स्योरेन्सको अवितरित हकप्रद शेयरमा बोलपत्र पेश गर्ने आज अन्तिम दिन

विज्ञापन
ncell

एशियनले संस्थापक समूहतर्फबाट ३० हजार ३८.५७ कित्ता र सर्वसाधारण समूहतर्फको ३ लाख २८ हजार ४७३.९१ कित्ता लिलाम बिक्रीमा ल्याएको हो ।

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले भदौ २२ गतेदेखि लिलाम बढाबढ प्रक्रियामार्फत बिक्रीमा ल्याएको अवितरित हकप्रद सेयरमा बोलपत्र पेश गर्ने आज (असोज ५ गते) अन्तिम दिन हो ।

इन्स्योरेन्सले गत असार २५ गतेदेखि साउन २० गतेसम्म १ बराबर ०.४२ अनुपातमा निष्काशन गरेको हकप्रद सेयरमा आवेदन नपरेको सेयर बिक्री गरेको हो ।

एशियनले संस्थापक समूहतर्फबाट ३० हजार ३८.५७ कित्ता र सर्वसाधारण समूहतर्फको ३ लाख २८ हजार ४७३.९१ कित्ता लिलाम बिक्रीमा ल्याएको हो । सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

बोलपत्र पेश गर्दा संस्थापकतर्फ न्यूनतम १ हजार कित्ता र सर्वसाधारणतर्फ न्यूनतम १०० कित्ता सेयरका लागि आवेदन दिनुपर्नेछ । अधिकतम संख्यामा भने कुनै हद तोकिएको छैन ।

इन्स्योरेन्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल हेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै मुक्तिनाथ विकास बैंकका ठिमी, कुमारीपाटी, बिर्तामोड, विराटनगर, विरगंज, जनकपुर, हेटौँडा, नारायणगढ, चिप्लेढुङ्गा, बाग्लुङ्ग, बुटवल, घोराही, नेपालगंज, विरेन्द्रनगर, धनगढी र महेन्द्रनगर शाखा कार्यालयबाट बोलपत्र पेश गर्न सक्नेछन् ।