हमासद्वारा नेपालका बिपिनसहित ४८ बन्धकहरूको तस्बिर सार्वजनिक
काठमाडौं । हमासको सशस्त्र टोलीले गाजामा रहेका ४८ इजरेली बन्धकहरूको ‘बिदाइ तस्बिर’भन्दै एक तस्बिर सार्वजनिक गरेको छ ।
४८ जनाको उक्त तस्बिरमा नेपालका विपिन जोशी समेत छन् । तस्बिरमा मैन बत्ती बालिएको छ । इजरायलले उक्त क्षेत्रलाई कब्जा गर्ने र ध्वस्त पार्ने काम जारी राख्दा बन्धकहरूको तस्बिर सार्वजनिक भएको हो ।
शनिवार सार्वजनिक तस्बिरमा जीवित र मृत दुवै बन्धकहरूको अनुहार देखाइएको जनाइएको छ । इजरायलले गाजा कब्जा गर्न अघि बढेपछि बन्धकहरूको बिदाइ तस्बिर भन्दै सार्वजनिक गरिएको हो ।
जसलाई रोन अराड भनेर शीर्षक दिइएको थियो, जुन १९८६ मा लेबनानमा हराएका इस्रायली वायुसेनाका क्याप्टेनको सन्दर्भ हो ।
दोहा मुख्यालय रहेको अलजजिरा अनलाइनका अनुसार हमासको कसाम ब्रिगेड्सले सार्वजनिक गरे पनि उनीहरुको अवस्था र विस्तृत विवरण खुलाइएको छैन । प्रत्येकलाई १९८६ मा लेबनानमा हराएका इजरायली वायुसेनाका कप्तान रोन अराडको नाम राखिएको छ ।
इजरायलले गाजा क्षेत्रमा सैन्य आक्रमण तीव्र बनाइरहेको अगाडि बढिरहेको बेला बन्धकहरुको जीवन जोखिममा रहेको भन्दै हमासले बिदाइ तस्बिर सार्वजनिक गरेको हो । विपिनसहित ४८ जना ७ अक्टोबर २०२३ देखि हमासको नियन्त्रणमा छ ।
