सागर डिष्टिलरीको आईपीओमा एकै दिन मागभन्दा बढी आवेदन
सागर डिष्टिलरीको प्राथमिक ष्किाशन (आईपीओमा) एकै दिन मागभन्दा बढी आवेदन परेको छ । हिजो सोमबारदेखी विक्रीमा आएको सागर डिष्टिलरीको आईपीओमा साँझ ५ बजेसम्म ४ लाख १६ हजार ६४६ जना आवेदकले ४८ करोड ३८ लाख २२ हजार रुपैयाँ बराबरको ४८ लाख ३८ हजार ३३० कित्ता सेयरको लागि आवेदन दिएका हुन् ।
कम्पनीले सर्वसाधारणका लागि ११ करोड ९० लाख ६४ हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ११ लाख ९० हजार ६४० कित्ता सेयरको सोमबार निष्काशन खुला गरेको थियो । कम्पनीको आईपीओमा असोज २ गतेसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीले जारी पूँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशत अथौत् १४ करोड ५२ लाख रुपैयाँ बराबरको १४ लाख ५२ हजार कित्ता सेयर आईपीओमा ल्याएको थियो । त्यसमध्ये १० प्रतिशत वैदेशिक रोजगारीमा रहेका नेपालीहरु, ५ प्रतिशत सामूहिक लगानी कोषहरु र ४३ हजार ५६० कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि सुरक्षित गरिसकेको छ ।