इन्स्पेक्टरदेखि आईजीपीसम्मको तलब कटाएर ज्यान गुमाएका प्रहरीका परिवारलाई १० लाख दिइने
भदौ २३ र २४ गतेको विध्वसंकारी जेन्जी आन्दोलनका क्रममा हालसम्म ७२ जनाले मृत्यूवरण गरेका छन् । त्यसमध्ये तीन जना जनपद प्रहरी छन् ।
काठमाडौं । प्रहरी प्रधान कार्यालयले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका प्रहरीका परिवारलाई १० लाख रुपैयाँ दिने निर्णय गरेको छ ।
प्रहरी प्रवक्ता विनोद घिमिरेले जारी गरेको सूचनाका अनुसार उनीहरुलाई प्रहरी महानिरिक्षक (आइजीपी) देखि प्रहरी निरीक्षकसम्मको तलब कट्टा गरेर राहत दिन लागिएको हो ।
यसअघि सोमबार सरकारले शहिदका परिवारलाई १५ लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको थियो । भदौ २३ र २४ गतेको विध्वसंकारी जेन्जी आन्दोलनका क्रममा हालसम्म ७२ जनाले मृत्यूवरण गरेका छन् । त्यसमध्ये तीन जना जनपद प्रहरी छन् ।