साउनमा भित्रियो पौने २ खर्ब रेमिट्यान्स, एफडीआई झन् घट्दा दोब्बर बढ्यो शोधनान्तर स्थिति

साउनमा शोधनान्तर स्थिति ८९ अर्ब ३० करोडले बचतमा छ । गत आव सोही अवधिमा शोधनान्तर स्थिति ४० अर्ब ९० करोडले बचतमा थियो । अमेरिकी डलरमा गत आव सोही अवधिमा ३१ करोडले बचतमा रहेको शोधनान्तर स्थिति चालु आव साउनमा ६४ करोडले बचतमा छ ।

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनमा १ खर्ब ७७ खर्ब ४१ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । यो गत आव पहिलो महिनाको तुलनामा २९.९ प्रतिशतले धेरै हो ।

गत आव साउनमा १ चालु आव साउनमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २५ प्रतिशतले वृद्धि भई १ अर्ब २७ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १५.८ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

चालु आव पहिलो महिना खुद द्वितीय आय १ खर्ब ९३ अर्ब ८५ करोड पुगेको केन्द्रीय बैंकले जनाएको छ । गत आव सोही अवधिमा यस्तो आय १ खर्ब ४८ अर्ब ८ करोड थियो ।खर्ब ३६ अर्ब ६० करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको थियो । त्यसबेला रेमिट्यान्स आप्रवाह वृद्धिदर १७.७ प्रतिशत थियो । गत साउनमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४४ हजार ४ सय ६६ र पुन: श्रम स्वीकृति लिनेको संख्या २३ हजार ६ सय ४४ छ । गत आव सोही अवधिमा यस्तो संख्या क्रमश: ३६ हजार ९ सय २८ र २२ हजार ६ सय ४७ थियो ।

रेमिट्यान्स आप्रवाहसँगै निर्यातमा समेत सुधार आएपछि शोधनान्तर स्थितिमा उच्च सुधार देखिएको छ । साउनमा ९५ प्रतिशतले निर्यात बढेको छ । आयात ११ प्रतिशतले बढे पनि शोधनान्तर स्थितिमा सुधार आएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

साउनमा शोधनान्तर स्थिति ८९ अर्ब ३० करोडले बचतमा छ । गत आव सोही अवधिमा शोधनान्तर स्थिति ४० अर्ब ९० करोडले बचतमा थियो । अमेरिकी डलरमा गत आव सोही अवधिमा ३१ करोडले बचतमा रहेको शोधनान्तर स्थिति चालु आव साउनमा ६४ करोडले बचतमा छ । चालु आव चालु खाता ७८ अर्ब १४ करोडले बचतमा छ । गत आव सोही अवधिमा चालु खाता ३३ अर्ब ८ करोडले बचतमा थियो । अमेरिकी डलरमा गत आव सोही अवधिमा २५ करोडले बचतमा रहेको चालु खाता चालु आव साउनमा ५६ करोडले बचतमा छ ।

चालु आव साउनसम्मको खुद पूँजीगत ट्रान्सफर १ अर्ब ४ करोड छ । गत आव सोही अवधिमा २२ करोड थियो । यसैगरी साउनमा ६९ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भित्रिएको छ । गत आव सोही अवधिमा ८० करोड बराबर थियो ।