ऊर्जा व्यवस्थापक घिसिङलाई मुख्य बिकासे मन्त्रालयहरु, सवा ३ खर्ब बजेट चलाउने अधिकार

भौतिक मन्त्रालयको बजेट १ खर्व ५१ ऋर्व ९९ करोड ५३ लाख रुपैयाँ विनियोजन भएको छ । त्यसैगरि शहरी विकास मन्त्रालयको ९२ अर्ब ५३ करोड ८२ लाख रुपैयाँ विनियोजन हुँदा ८४ अर्ब ७३ करोड ८२ लाख रुपैयाँ छुट्याईएको छ ।

काठमाडौं । अन्तरिम सरकारमा मुख्य विकासे मन्त्रालयहरु नेपाल विद्युत प्राधिकरणका पुर्व कार्यकारी निर्देशक कुलमान घिसिङको हातमा आएको छ । सोमबार राष्ट्रपति रामचन्द्र पौडेलेसँग सपथ लिएका घिसिङले भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय, शहरी विकास मन्त्रालय र उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयको जिम्मेवारी लिएका छन् । यी मन्त्रालयहरुलाई विकासे मन्त्रालयका रुपमा चिनिन्छ । मन्त्रालयगत बजेट फाँडफाँडमा पनि यी मन्त्रालयहरुको हिस्सा ठूलो हुन्छ ।

चालू आर्थिक वर्षका संघीय बजेटमध्ये ३ खर्ब २९ अर्ब २७ करोड १७ लाख रुपैयाँको जिम्मेवारी घिसिङले पाएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसँग सपथ लिएर मन्त्रालयमा जिम्मेवारी सम्हाल्नुअघि घिसिङ जेन्जी आन्दोलनका घाइते भेट्न पुगेका छन् ।

भौतिक मन्त्रालयको बजेट १ खर्व ५१ ऋर्व ९९ करोड ५३ लाख रुपैयाँ विनियोजन भएको छ । त्यसैगरि शहरी विकास मन्त्रालयको ९२ अर्ब ५३ करोड ८२ लाख रुपैयाँ विनियोजन हुँदा ८४ अर्ब ७३ करोड ८२ लाख रुपैयाँ छुट्याईएको छ ।

घिसिङ प्राधिकरणमा दुई पटक कार्यकारी निर्देशक बनेका थिए । पछिल्लो पटक सरकारले उनको केही समय बाँकी हुँदै हटाएको थियो । अन्तरिम सरकार चुनावी सरकारका रुपमा रहेपनि भौतिक पुर्वाधार निर्माण, उर्जा तथा सिँचाईको विकास र शहरी विकासको अवधारणामा काम गर्नुपर्ने चुनौति घिसिङ छ । फागुन २१ गतेका लागि प्रतिनिधिसभाको निर्वाचन तोकिएको छ । यसबीचमा सरकारी तथा निजी क्षेत्रका संरचनामा भएको क्षति आंकलन गरि पुनर्निमाणको प्रक्रिया अघि बढाउनु घिसिङका लागि फलामको चपाउनु सरह हुनेछ । चालू वर्ष १९ खर्ब ६४ अर्बको कुल बजेट आएपनि संघीय सरकारको हिस्सामा १५ खर्ब ४६ अर्ब २८ करोड ५० लाख रुपैयाँ छुट्याइएको थियो । यसरी हेर्दा तीन मन्त्रालयको बजेट कुल संघीय बजेटको २१.२९ प्रतिशत हुन आउँछ ।