सुनको मूल्यमा सामान्य वृध्दि
साेमबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ भने चाँदीको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज सुनको मूल्य प्रतितोला सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख १५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबारको बजारमा छापावाला सुन प्रतितोला दुई लाख १५ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, चाँदीको मूल्य निरन्तर ऐतिहासिक उचाई बनाउँदै बढेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले बढेर रेकर्ड ब्रेक गरेको हो । सोमबारको बजारमा चाँदी २ हजार ५ सय ७५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । आइतबारको बजारमा चाँदी २ हजार ५ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।