सविता भण्डारी बनिन् पहिलो महिला महान्यायधिवक्ता
काठमाडौं । सरकारले महान्यायाधिवक्तामा सविता भण्डारी बराललाई नियुक्ति गरेको छ । आइतबार प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ अधिवक्ता तथा नेपाल बारकी पूर्व कोषाध्यक्ष बराललाई महान्यायधिवक्तामा गरेको सिफारिसलाई राष्ट्रपति रामचन्द्र पौडेलले सदर गरेका थिए ।
आजै निवर्तमान महान्यायाधिवक्ता रमेश बडालको राजीनामा शीतल निवासबाट स्वीकृत भएको थियो ।
सबिता शम्भु थापा बार अध्यक्ष भएका बेला कोषाध्यक्ष थिइन् । उनी वामपन्थी पृष्ठभूमिकी कानून व्यवसायी हुन् ।
प्रधानमन्त्री कार्कीले पहिलो महिला प्रधानमन्त्रीको इतिहास रचेकी थिइन् । उनी पहिलो महिला प्रधानन्यायाधीश पनि हुन् । उनै कार्कीले महान्यायाधिवक्तामा पनि महिला नै नियुक्त गरेकी छिन् ।