जनजीवन सामान्य बन्दै, आजदेखी सबैजसो कार्यालयहरु खुल्ने, लामो दुरीका यातायात पनि चल्न थाले
शनिबादेखी नै लामो दुरीका सवारीसाधनहरु फ्याट्टफुट्ट चल्न थालेकामा आइतबार थप सहज बन्ने बताइएको छ । यद्यपी यातायात व्यवसायीहरुले भरपर्दो सुरक्षा व्वयस्था नभई निर्वाध यातायत सञ्चालन गर्न कसठिन भएको बताउँदै आएका छन् ।
भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलन र भड्किएको हिंसाका कारण अस्तव्यस्त बनेको जनजीवन सामान्य बन्दै गएको छ । आन्दोलनका क्रममा ५१ जनाभन्दा बढीको मृत्यू भएको छ भने एक हजार भन्दा बढी घाइते भएका छन् ।
भदौ २४ गते राती नेपाली सेनाले सुरक्षा व्यवस्था हातमा लिएर लगाउँदै आएको कफ्र्यू र निषेधाज्ञा पनि आइतबारसम्म आइपुग्दा अधिकांस क्षेत्रमा हटिसकेको छ । शुक्रबार पूर्वप्रधानन्याधिस सुशिला कार्कीले अन्तरिम सरकारको कार्यभार सम्हालेसँगै जनजीवन सामान्यकृत हुँदै गइरहेको छ । यद्यपी कार्की मन्त्रीपरिषले अझै पूर्णता पाएको छैन । आगामी फागुन २१ गते आमनिर्वाचन गर्ने गरि मिति तोेकिएको छ ।
शनिबारबाट नै नेपाली सेनाले धेरै क्षेत्रका कफ्र्यू र निशेषधाज्ञा हटाएको थियो । काठमाडौं महानगरसहित मुलुकभर अधिकांस भेगमा आइतबारदेखी विद्यालय खुल्ने छन् । सबैजसो सरकारी कार्यालय, न्यायलय, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनीदेखी निजी क्षेत्रका अधिकांस कार्यालयहरु खुल्नेछन् । आगजनीबाट क्षतिग्रस्त भाटभटेनीलगायतका सुपरस्टोरहरु पनि निर्वाध सञ्चालनमा आउने छन् । गत शुक्रबारदेखी त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल नियमित सञ्चालनमा आइसकेको छ । आन्दोलनका कारण ठप्प भएका अधिकांस भन्सार कार्यालयहरुमा जाँचपास सुरु भइसकेको छ ।
शनिबादेखी नै लामो दुरीका सवारीसाधनहरु फ्याट्टफुट्ट चल्न थालेकामा आइतबार थप सहज बन्ने बताइएको छ । यद्यपी यातायात व्यवसायीहरुले भरपर्दो सुरक्षा व्वयस्था नभई निर्वाध यातायत सञ्चालन गर्न कसठिन भएको बताउँदै आएका छन् । अवको दुई सातामै यस वर्षको बडा दशैं पर्व सुरु हुने भएकाले शहर छोडेर यात्रुहरु गाउँ फर्कने क्रममा छन् । त्रिभुवन विश्वव्द्यिलतय कात्तिक १० गतेसम्मका लागि विदा दिइसकेकाले निर्वाध सवारीसाधन चल्नासाथ धेरै विद्यार्थीहरु गाउँ फर्कने क्रममा छन् । त्यसैगरि यो साता मात्रै विद्यालय र न्यायलयहरु सञ्चालन हुनेछन् । अर्को साताको सुरुमै घटस्थापना रहेकाले सार्वजसनक विदा सुरु हुनेछ ।