राष्ट्रपतिको अपील- संविधानको दायरा भित्रबाटै निकास दिन हर प्रयास भइरहेको छ, संयमतापूर्वक सहयोग गरौं
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आन्दोलनकारी नागरिकको माग सम्बोधन गर्न छिटोभन्दा छिटो समस्या समाधानको पहल भइरहेको बताएका छन् ।
आज विज्ञप्ति जारी गर्दै पौडेलले देशको विषम परिस्थितिमा मुलुकलाई संवैधानिक दायरामा रही कसरी निकास दिन सकिन्छ भनेर विचार विमर्श र हर प्रयासमा रहेको विश्वस्त पारेका छन् ।
मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने काममा सहयोग गर्न सबै पक्षलाई संयमता अपनाउन उनले अपीलसमेत गरेका छन् ।