जेनजीहरुबीच भाँडभैलो: राजतन्त्र कि लोकतन्त्र, सेनाको गेटमा हर्क, बालेन, सुशीलाका पक्षमा चर्काचर्की
काठमाडौँ । पूर्वप्रधानन्याधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने सहमति गरेर नेपाली सेनाको जंगी अड्डा पुगेका जेन-जी युवाहरू विवादमा उत्रिएका छन् । प्रधानसेनापति अशोक सिग्देलसँग वार्ताका लागि पुगेका युवाहरू विभिन्न नाममा विवादमा उत्रिएका हुन् ।
सेना मुख्यालयको गेटमा जम्मा भएका युवाहरूबीच अन्तरिम सरकारको नेतृत्वलाई लिएर विवाद भएको हो । त्यहाँ धरान उपमहानगरपालिकाका मेयर हर्कराज साङपाङ र काठमाडौँका मेयर बालेन्द्र साहको नाम लिएर भनाभनमा उत्रिएका हुन् । केही युवाहरूले अन्तरिम सरकार प्रमुखमा सुशील कार्की मान्य नहुने भन्दै नाराबाजी पनि गरेका छन् ।
त्यति मात्र होइन प्रधान सेनापति सिग्देलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवादित व्यवसायी दुर्गा प्रसाई पनि हुनुपर्ने भनेपछि एकथरि जेनजीहरु आक्रोसित भएको बताईन्छ । त्यति मात्र होइन एकथरि जेनजीहरुले राष्ट्र प्रमुखका रुपमा राजा ल्याउनुपर्ने बताएका छन् भने अर्काथरि जेनजीहरु अहिलेकै संवैधानिक व्यवस्थाबाट समाधान खोजिनुपर्ने बताएका छन् । उनीहरुले लोकतन्त्रको विकल्प लोकतन्त्र हुनुपर्ने बताइरहेका छन् ।