नेपालको आन्दोलनमा भएको हिंसाप्रति राष्ट्र सङ्घ चिन्तित : महासचिव गुटेरस

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले नेपालको अवस्था नियालिरहेको बताएका छन् । नेपालको पछिल्लो अवस्थाबारे सामाजिक सञ्जाल एक्समा धारणा राख्दै मानवीय क्षतिप्रति दु:ख व्यक्त गरेका छन् ।

गुटेरससले हिंसालाई थप बढ्नबाट रोक्न संमय अपनाउन र संवाद गर्न अनुरोध गरेका छन् । मानव अधिकार कानूनको पालना गर्न आह्वान गर्दै गुटेरसले जीवन र सम्पत्तिको रक्षासहित शान्तिपूर्ण तरिकाले विरोध प्रदर्शन हुनुपर्ने बताएका छन् ।

महासचिव गुटेरेसले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै नेपाल सरकारलाई मानव अधिकार कानूनको पूर्ण पालना गर्न आग्रह गरेका छन् । उनले नागरिकलाई शान्तिपूर्ण रूपमा विरोध प्रदर्शन गर्न र जीवन तथा सम्पत्तिको सम्मान गर्न पनि आह्वान गरेका छन्।

नेपालको स्थिति नजिकबाट नियालिरहेको बताउँदै गुटेरेसले थप मानवीय क्षति हुन नदिन सबै पक्षलाई जिम्मेवार बन्न आग्रह गरेका छन् । उनले संवाद र शान्तिपूर्ण उपाय नै कुनै पनि समस्याको समाधान रहेकोमा जोड दिएका छन् ।