आज फेरि बनायो सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड

आज मंगलबार नेपाली बजारमा सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । अघिल्लो दिन घटेको सुन र चाँदीको दुबैको मूल्यले आज फेरि नयाँ रेकर्ड बनाएको हो । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख १४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो । अघिल्लो दिन अर्थात सोमबार नेपाली बजारमा सुन प्रतितोला २ लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदी तोलाको २ हजार ५ सुन १५ रुपैयाँमा कारोबार भइरहेको छ । आज कायम चाँदीको मूल्य पनि हालसम्मकै उच्च हो ।