एभरेष्ट बैंकको सीइओमा सुदेश खालिङ राई दोहोरिए
काठमाडौं । एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुदेश खालिङ राई पुनः दोहोरिएका छन् । बैंकको भदौ २२ गते बसेको संचालक समितिको बैठकले उनलाई पुनः सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
बैंकको अनुसार उनको नयाँ कार्यकाल असोज ८ गतेदेखि सुरु हुनेछ । उनलाई बैंकले २०७८ असोजमा सीइओ नियुक्त गरेको थियो । ४ वर्षको कार्यकाल सकिएपछि बैंकले उनलाई नै दोस्रो कार्यकालको लागि सीइओ नियुक्त गर्ने निर्णय गरेको हो ।