नेप्सेकाे अध्यक्षमा हेमन्त बस्याल

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को अध्यक्षमा हेमन्त बस्याल नियुक्त भएका छन् । उनलाई मन्त्रीस्तरीय निर्णयले तीन वर्षे कार्यकालको लागि अध्यक्षमा नियुक्त गरेको हो ।

नेप्से लामो समयदेखि अध्यक्षविहीन थियो । शोभाकान्त पौडेल सहसचिवबाट सचिवमा बढुवा भएसँगै नेप्सेको अध्यक्ष खाली थियो ।

बस्याल यसअघि एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको प्रमुख कार्यकारी अधिकृत (सीईओ) थिए ।