सुनकाे मूल्यले नयाँ रेकर्ड बनाउने क्रमलाई निरन्तरता, प्रतिताेला २,१०,४०० पुग्याे
काठमाडौँ । सुनको मूल्यले आज पनि नयाँ रेकर्ड कायम गरेको छ । सुनको मूल्यले निरन्तर नयाँ रेकर्ड बनाइरहेको हो ।
शुक्रबार सुनको मूल्य तोलामा २ हजार ५ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा २ लाख १० हजार ४ सय रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबारको दिन भने सुुन तोलामा दुई लाख सात हजार ९ सय रुपैयाँमा खरिदबिक्री भइरहेको थियो ।
यस्तै, बिहीबार तोलामा २ हजार ४ सय ८० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार २ हजार ४९० रुपैयाँ मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।