नेपाल प्रहरीका महानिरीक्षक खापुङले संगठनको सम्हाले नेतृत्व, लगाए दर्ज्यानी चिह्न
काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आइजीपी) चन्द्रकुबेर खापुङले दर्ज्यानी चिह्न लगाएका छन् । गृह मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा खापुङलाई गृहसचिव गोकर्णमणी दवाणीले दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । खापुङलाई सरकारले गत शुक्रबार आइजीपीमा नियुक्त गरेको थियो। दिपक थापाले ३० वर्षे सेवा हदका कारण बुधबार अनिवार्य अवकाश पाएपछि नेतृत्व सम्हाल्न खापुङको पालो आएको हो । थापालाई बुधबार गृहमन्त्रालय र प्रहरी प्रधान कार्यालयले औपचारिक कार्यक्रम गर्दै बिदाइ गरेको थियो ।
प्रतिष्पर्धी नभएकाले खापुङलाई प्रमुख नियुक्त गर्न सरकारलाई सहज भएको हो । २०५१ कात्तिक २६ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका खापुङले अढाइ महिनाभन्दा कम अवधि संगठन प्रमुख भएर काम गर्नेछन् । प्रहरी प्रमुखमा हालसम्म नियुक्त भएकाहरुको तुलनामा खापुङको कार्यकाल सबैभन्दा छोटो अवधिको हुने देखिएको छ ।