बिमा कम्पनीहरुको विदेशी मुद्रा सटहीसम्बन्धी निर्देशन जारी
काठमाडौं । नेपाल बिमा प्राधिकरणले ‘बिमकको विदेशी मुद्रा सटही सिफारिस सम्बन्धी निर्देशन, २०८२’ जारी गरेको छ । बिमकले, रेट्रोशेसन, विदेशबाट आयात गर्ने परामर्श सेवा, बापत भुक्तानी गर्नुपर्ने विदेशी मुद्रा सटही सिफारिस गर्ने कार्यलाई पारदर्शी र व्यवस्थित गर्न विदेशी मुद्रा सटही व्यवस्थित बनाउन उक्त निर्देशिका जारी गरेको हो ।
बीमकले विदेशी बीमक वा पुनर्बीमक वा नेपालमा रहेका बीमकमा लगानी गर्ने विदेशी लगानीकर्ता वा बीमकलाई सेवाप्रदान गर्ने विदेशी सेवाप्रदायक संस्थालाई सिधै वा बीमा दलालको संलग्नतामा गरिएको पुनर्बीमासंग सम्बन्धित पुनर्बीमा शुल्क तथा बीमा दावी रकम, लाभांश फिर्ता, परामर्श सेवा लिए बापतको रकम भुक्तानी गर्न प्राधिकरणको सिफारिस लिएर मात्र गर्नुपर्ने व्यवस्था गरिएको छ ।
साथै, बीमकले यस निर्देशनको अतिरिक्त विदेशी लगानीसँग सम्बन्धित प्रचलित कानून र नेपाल राष्ट्र बैंकले विदेशी विनिमय व्यवस्थापन सम्बन्धमा जारी गरेको निर्देशनको समेत पालना गर्नुपर्नेछ ।
निर्देशिकामा व्यवस्था गरिए बमोजिम विदेशी मुद्रा सटहीका लागि प्राधिकरणसमक्ष सिफारिस माग्दा बीमकका प्रमुख कार्यकारी अधिकृतको हस्ताक्षर अनिवार्य गरिएको छ। बीमकले विदेशी मुद्रा सहटी सिफारिस मागका लागि पेस गरिएका कागजातहरु तथा स्वीकृति पत्र कार्य सम्पन्न भएको मितिले कम्तीमा ५ वर्षसम्मसम्म सुरक्षित राख्नुपर्नेछ ।