प्रधानमन्त्री ओली बेइजिङमा आयोजित चीनकाे विशेष सैनिक परेडमा सहभागी

बेइजिङ । प्रधानमन्त्री केपी शर्मा ओली बेइजिङमा आयोजना भएको विजय उत्सवसम्बन्धी ८०औं वार्षिकोत्सव विशेष सैनिक ‘परेड’ कार्यक्रममा सहभागी भएका छन् । सो अवसरमा चिनियाँ राष्ट्रपति सी चिनफिङले समारोहमा उपस्थित राष्ट्रप्रमुख÷सरकारप्रमुखलाई स्वागत गर्नुभएको थियो । प्रधानमन्त्री ओली परेड सकिएपछि चिनियाँ राष्ट्रपति सीले आयोजना गरेको दिवाभोजमा सरिक भएका छन् । जनवादी गणतन्त्र चीनका राष्ट्रपति सीको मैत्रीपूर्ण निमन्त्रणामा साङ्घाई सहयोग सङ्गठन (एससीओ) शिखर सम्मेलनमा भाग लिने सिलसिलामा उनी चीन भ्रमणमा छन् । चीनको औपचारिक भ्रमण सकाएर आजै प्रधानमन्त्री ओली नेपाल फर्कँदै छन् ।