एन आई ३१ को एकाइ बाँडफाँट

नबिल बैंक कोष प्रबर्द्धक रही नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग (निष्कासन तथा बिक्री प्रबन्धकको समेत कार्य गर्ने) को योजना व्यवस्थापनमा सञ्चालित नबिल म्युचुअल फण्ड अन्तर्गतको एन आई ३१ नामक खुलामुखी योजनाको एकाइ बाँडफाँट भएको छ ।

नबिल इन्भेष्टमेन्टले प्रतिएकाइ अंकित मूल्य १० रुपैयाँका दरको २ करोड ५० लाख एकाइ मध्ये प्रथम चरणमा निष्कासन गरिएको १ करोड ५० लाख एकाइ गत साउन ३० गतेदेखि भदौ ३ गतेसम्म सर्वसाधारणहरुमा निष्कासन गरेको थियो ।

सोमध्ये १५ प्रतिशत अर्थात ३७ लाख ५० हजार एकाइ योजना व्यवस्थापकलाई सुरक्षित राखी १ करोड १२ लाख ५० हजार एकाइहरु सो अवधिभित्र प्राप्त हुन आएका आवेदनहरुको छानबिन गरी योग्य आवेदकहरुलाई एकाइ बाँडफाँट गरेको हो ।

सो योजनाको एकाइ भदौ १६ गते बिहान १०ः०० बजे नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालय, नक्साल काठमाडौंमा बाँडफाँट गरिएको हो । बाँडफाँट कार्यक्रममा कोष प्रवद्र्धक कम्पनी नबिल बैंक लिमिटेडको प्रतिनिधि, सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेडको प्रतिनिधि, योजना व्यवस्थापकको प्रतिनिधि तथा प्रोफेसनल कम्प्युटर सिस्टम प्रा.लि.को प्रतिनिधि र सर्वसाधारण लगानीकर्ताहरुको उपस्थिति रहेको थियो। बाँडफाँट सम्बन्धी नतिजा प्राप्त गर्नको लागि iporesult.cdsc.com.np बाट हेर्न सकिने व्यहोरा कम्पनीले जनाएको छ।