सुनचाँदीकाे मूल्य बढ्ने क्रमले आज पनि निरन्तरता पायाे

विज्ञापन
ncell

काठमाडाैं । नेपाली बजारमा सुन र चाँदीको मूल्य बढ्ने क्रमले आज पनि निरन्तरता पाएको छ । आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको छ भने चाँदीको १५ रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो ।

पछिल्ला दिनमा सुन र चाँदीको मूल्य निरन्तर बढेर नयाँ रेकर्ड बनिरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ५ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा छापावाला सुन प्रतितोला २ लाख ५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदी २ हजार ४ सय ८५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ । सोमबारको बजारमा याे ताेलाकाे २ हजार ४ सय ७० रुपैयाँमा कारोबार भएको थियो । पछिल्ला तीन दिनदेखि चाँदीको मूल्य पनि दिनदिनै नयाँ रेकर्ड बनिरहेकाे छ ।