एससिओ सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली चीन प्रस्थान, ६ देशका प्रमुखसँग भेटवार्ता

विज्ञापन
ncell

विश्वकै ठूलो क्षेत्रीय सुरक्षा–आर्थिक सङ्गठनमध्ये एक मानिने एससिओको शिखर सम्मेलन नेपालको उच्चस्तरीय उपस्थितिले नेपाल–चीन सम्बन्ध अझ मजबुत बनाउन तथा बहुपक्षीय सहकार्यमा नेपालको सक्रियता देखाउने महत्वपूर्ण अवसर हुने ठानिएको छ ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली साङ्घाइ सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनमा भाग लिन चीन प्रस्थान गरेका छन् । आज चीन पुग्ने प्रधानमन्त्री ओली भदौ १८ गते (अगष्ट ३० देखि सेप्टेम्बर ३०) सम्म रहने छन् । 

आज बिहान त्रिभुवन विमानस्थलबाट हिमालय एयरलाइन्समार्फत चीन प्रस्थान गरेका ओलीको प्रधानमन्त्री भएपछि चीन भ्रमण दोस्रो पटक हो ।हिमालय एयरलाइन्स भारत -बंगलादेश-म्यानमार हुँदै चीन जान्छ

जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल तियानमिन सहरमा हुने एससिओको शिखर सम्मेलनमा सहभागी हुन शनिबार बिहान त्यसतर्फ लागेका हुन् ।

भ्रमणका क्रममा चीनका राष्ट्रपति सी चिनफिङ तथा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन साथै भियतनाम, माल्दिभ्स, लाओपिपुल्स, क्याम्बोडियाका राष्ट्र÷सरकार प्रमुुखबीच प्रधानमन्त्री ओलीको दुई पक्षीय भेटवार्ता तय भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओलीले आजै चिनियाँ राष्ट्रपति सी चिनफिङसँग द्विपक्षीय भेटवार्ता गर्ने छन् ।

तर, अझै भारतीय प्रधानमन्त्री नरेन्द्र मौदीसँग भेटघाट हुने/नहुने बारे केही बताइएको छैन । चीन र भारतबीच केही दिनअघि नेपालको लिपुलेकबाट द्धिपक्षीय व्यापार गर्ने सम्झौता भएपछि फेरी दुबै देशबीच दरार उत्पन्न भएको आशंका गरिएको छ । यद्यपी प्रधानमन्त्री ओली भदौ अन्तिम साता भारतको औपचारिक भ्रमणमा जाने तय भएको छ । शुक्रबार मात्रै प्रधानमन्त्री ओलीले नेपालको लिम्पियाधुराबाट भारत—चीनले व्यापार मार्ग खोल्न गरेको सम्झौताको विषयमा उच्चस्तरीय भेटवार्तामा आवाज उठाउने बताएका थिए 

विश्वकै ठूलो क्षेत्रीय सुरक्षा–आर्थिक सङ्गठनमध्ये एक मानिने एससिओको शिखर सम्मेलन नेपालको उच्चस्तरीय उपस्थितिले नेपाल–चीन सम्बन्ध अझ मजबुत बनाउन तथा बहुपक्षीय सहकार्यमा नेपालको सक्रियता देखाउने महत्वपूर्ण अवसर हुने ठानिएको छ । प्रधानमन्त्री ओलीले एससिओ शिखर सम्मेलन तथा चीनको जनयुद्धमार्फत जापानी आक्रमण विरुद्धको प्रतिरोध र विश्व फासिवादविरोधी युद्धमा विजयको ८०औँ वार्षिकोत्सवमा सहभागिता जनाउने छन् । 

भदौ १६ गते तियानमिनमा आयोजना हुने शिखर सम्मेलनलाई सम्बोधन गरेपछि प्रधानमन्त्री ओली भदौ १७ गते तियानमिनबाट बेइजिङ जानेछन् । र चीनका उपराष्ट्रपति हान झेङसँग भेटवार्ता गर्नेछन् । भदौ १८ मा बेइजिङमा आयोजना हुने जापानी आक्रमण विरुद्धको प्रतिरोध युद्ध र विश्व फासिवाद विरोधी युद्धमा विजयको ८०औँ वार्षिकोत्सवका स्मृति कार्यक्रमको परेडमासमेत सहभागिता जनाउनेछन् । भ्रमण दल सोही दिन राति स्वदेश फर्कनेछ ।

भ्रमण दलमा प्रधानमन्त्री ओलीका साथ प्रथम महिला राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली कांग्रेसका सांसद पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, नेकपा एमालेका सांसद छविलाल विश्वकर्मा र उच्चस्तरीय सरकारी अधिकारीहरू रहनेछ ।