देशैभर मध्यम वर्षाको सम्भावना
काठमाडौं। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ तथा पश्चिममा सरदर स्थान आसपास रहेको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशको तराई र पहाडी भू–भागका केही स्थान, बागमती र गण्डकी प्रदेशलगायत बाँकी पहाडी भू–भागका थोरै स्थान तथा तराई भू–भागका एकाध स्थानमा मध्यम वर्षाको सम्भावना छ।
आज राती देशभर साधारणतया बदली रहने महाशाखाले जनाएको छ। सबै प्रदेशका पहाडी भू–भागका केही स्थान र तराई भू–भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ।
