लाभांस घोषणा गर्ने पहिलो बन्यो माछापुच्छ्रे बैंक, ४ प्रतिशत बोनस दिँदा नगद कति ?

विज्ञापन
ncell

वाणिज्य बैंकहरुमा लाभांस घोषणा गर्नेमा माछापुच्छ्रे बैंक नै पहिलो भएको छ । हाल २० वाणिज्य बैंकमध्ये १९ वटा नेपाल स्टक एक्सचेन्जमा सूचीकृत छन् ।

काठमाडौं । माछापुच्छ्रे बैंकले लाभांश घोषणा गरेको छ । शुक्रवार बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयर धनीलाई ८ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

बैंकले ४ प्रतिशत बोनस र कर प्रयोजन सहित ४ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । बैंकको लाभांश राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएपछि र बैंकको साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।

वाणिज्य बैंकहरुमा लाभांस घोषणा गर्नेमा माछापुच्छ्रे बैंक नै पहिलो भएको छ । हाल २० वाणिज्य बैंकमध्ये १९ वटा नेपाल स्टक एक्सचेन्ज (नप्से) मा सूचीकृत छन् ।