काउन्टर साइक्लिकल बफर कार्यान्वयनको समय एक वर्ष थपियो
राष्ट्र बैंकले चालु आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाको काउन्टर साइक्लिकल बफर २०८२/८३ मा सुन्य प्रतिशत रहने व्यवस्था गरेको हो ।
काठमाडौं । नेपाल राष्ट्र बैंक बैंक तथा वित्तीय संस्थालाई काउन्टर साइक्लिकल बफर कार्यान्वयन गर्ने समय थपेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाको काउन्टर साइक्लिकल बफर २०८२/८३ मा सुन्य प्रतिशत रहने व्यवस्था गरेको हो ।
यसैगरी, नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) सम्बन्धी मार्गदर्शन, २०८१ मा पहिलो संशोधन गरेको छ । राष्ट्र बैंकले सिएसआर सम्बन्धी मार्गदर्शन २०८१मा पहिलो संशोधन गरेर २०८२ जारी गरेको हो ।
