नेपालको हित र प्रतिष्ठालाई माथि उठाउने काम गर्नेछुः प्रधानमन्त्री ओली

विज्ञापन
ncell

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले चीन भ्रमणबारे सदनलाई जानकारी गराएका छन् । प्रतिनिधिसभाको जारी बैठकमा ओलीले चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भदौ १४-१८ सम्म ५ दिने भ्रमणमा जान लागेको बताए ।

भ्रमणको मूल उद्देश्य चीनको थियानजिन सहरमा आयोजना हुने साङ्घाई सहयोग संगठन (साङ्घाई कोअपरेसन अर्गनाइजेसन) को शिखर सम्मेलनमा भाग लिनु रहेको उनले सुनाए ।

भ्रमणबारे जानकारी गराएपछि प्रधानमन्त्रीले भने, ‘नेपालको हित र प्रतिष्ठालाई माथि उठाउने गरी मेरो नेतृत्वमा गएको प्रतिनिधिमण्डलले काम गर्नेछ । त्यसमा विश्वस्त रहन आग्रह गर्छु ।’