कुलिङ पिरियडमा भएको गडबडीमा विवादमा परेका रामहरि खतिवडालाई संसदीय सुनुवाइ समितिको सदस्यमा लगिँदै

काठमाडाैं । संसदीय सुनुवाइ समितिको सदस्यमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडालाई लगिँदै छ । कर्मचारीको कुलिङ पिरियडमा भएको गडबडीका कारण विवादमा आएपछि खतिवडाले राज्य व्यवस्था समिति पदबाट राजीनामा दिएका थिए । त्यसको जानकारी आज दिउँसो एक बजे बस्ने प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले गराउनेछन् । खतिवडाले राजीनामा दिएपछि संसदीय सुनुवाइ समितिकी सभापति ईश्वरीदेवी न्यौपानेलाई राज्य व्यवस्था समितिको सभापति बनाइएको छ । न्यौपाने यसअघि सुनुवाइ समितिको पनि सभापति थिइन् ।