सुनकाे मूल्यले बनायाे नयाँ रकेर्ड, ताेलाकाे २ लाख ६ सय रूपैयाँ
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँले बढेर ऐतिहासिक रेकर्ड बनाएको छ । सुन आज तोलामा २ लाखमाथि पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको दिन भने सुन तोलामा १ लाख ९९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको थियो ।
यता, चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर प्रतितोला दुई हजार ३६० रुपैयाँमा किनबेच भइरहेको हो ।