काभ्रेको नालाबाट काठमाडौं ल्याइयो इन्द्रजात्राको लिङ्गो

काठमाडौं। इन्द्रजात्राको लागि चाहिने लिङ्गो (रूख) काभ्रेको नाला जंगलबाट काठमाडौं ल्याइएको छ ।

तान्त्रिक विधिद्वारा पूजा गरी काभ्रेपलाञ्चोक जिल्लाको उग्रचण्डी नालास्थित जंगलबाट रूख काटेर लिङ्गो बनाउने काठ काठमाडौं ल्याइएको हो ।

लिङ्गो तान्दै हनुमान ढोका पुर्‍याइएको छ । लिङ्गो पुर्‍याउने क्रममा मंगलबार काठमाडौंका सडकमा सवारी साधनको जाम भएको थियो । वर्षा र सहकालका देवता इन्द्रको पूजा गरी काठमाडौं उपत्यका र यस आसपासका जिल्लाहरुमा विशेष हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइन्छ ।