नाडा अटो प्रदर्शनीमा उड्ने कार हेर्नेको घुइँचो
यस पटकको नाडा प्रदर्शनीमा उड्ने कार राखिएको छ । प्रदर्शनीको पहिलो दिन उड्ने कार हेर्नेहरूको घुइँचो लागेको छ ।
यसमा मल्टी प्यारासुट सुरक्षा प्रणाली जडान गरिएको छ, जसले आपतकालीन अवस्थामा सुरक्षा सुनिश्चित गर्छ । यो कार पुरै इलेक्ट्रिक हो र भर्टिकल टेक अफ एन्ड ल्यान्डिङ (एभ्टोल) प्रविधिमा आधारित छ । यो कार दुईसिटे छ ।
पूरै चार्जमा यो कार करिब ३० किलोमिटर उड्न सक्छ । यसको गति लगभग १३० किमि प्रतिघन्टा छ।
चीनको चांगन अटोमोबाइल कम्पनीले ईह्याङ कम्पनीसँगको साझेदारीमा उत्पादन गरेको यो उड्ने कार “दिपल” उप–ब्रान्ड अन्तर्गत एमएडब्लू वृद्धि अटो कर्प प्रालिले नेपालमा ल्याएको हो ।
उक्त उड्ने कार भरियालाई बोकाएर तातोपानी नाका हुँदै काठमाडौं ल्याइएको हो ।