प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभालाई सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आज सदनलाई सम्बोधन गर्ने भएका छन् ।

दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने तय भएको एमालेका मुख्य सचेतक महेश बर्तौलाले बताए ।

उनका अनुसार प्रधानमन्त्रीले तुर्कमेनिस्तान भ्रमण लगायत समसामयिक बिषयमा सम्बोधन गर्नेछन् ।