सनराईज म्युचुअल फण्ड र लक्ष्मी म्युचुअल फण्डअन्तर्गतका म्युचुअल फण्डहरुको लाभांश घोषणा

विज्ञापन
ncell

लक्ष्मी सनराईज क्यापिटलको व्यवस्थापनामा सनराईज म्युचुअल फण्ड र लक्ष्मी म्युचुअल फण्ड अन्तगर्त सञ्चालित म्युचुअल फण्डहरुले नगद लाभांश वितरण गर्ने घोषणा गरेका छन् ।

लक्ष्मी म्युचुअल फण्ड अन्तगर्त सञ्चालित लक्ष्मी उन्नती कोषले २० प्रतिशत तथा सनराईज म्युचुअल फण्ड अन्तगर्त सञ्चालित सनराईज फर्स्ट म्युचुअल फण्डले १४ प्रतिशत र सनराईज फोकस्ड ईक्विटी फण्डले १३.५ प्रतिशत नगद लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे।

साउन २० गते सम्पन्न याेजना व्यवस्थापक लक्ष्मी सनराईज क्यापिटलकाे सञ्चालक समितिकाे बैठकले साे दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।