अमट्रेड कनेक्ट एपमार्फत पहिलो रिडेम्सन, जनकपुरको न्यु रामजानकी ब्याट्री सेन्टरलाई मोबाइल
काठमाडौं । जनकपुरस्थित न्यु रामजानकी ब्याट्री सेन्टर अमट्रेड प्रा.लि.को नवनिर्मित “अमट्रेड कनेक्ट“ एप्लिकेसन मार्फत पुरस्कार रिडिम गर्ने पहिलो च्यानल पार्टनर बन्न सफलभएको छ । यसरी एपमार्फत रिडिम गरिएको पहिलो पुरस्कारको रूपमा सेन्टरले एक स्मार्टफोन प्राप्त गरेको छ ।
अमट्रेड कनेक्ट एप्लिकेसन सन् २०८२ सालको वैशाखमा आधिकारिक रूपमा सार्वजनिक गरिएको थियो । अमट्रेडले यो एप आफ्ना च्यानल पार्टनरहरूसँगको व्यापारिक सम्बन्धलाई मजबुत बनाउन, उनीहरूको समर्पणलाई सराहना गर्न र डिजिटल माध्यमबाट एकअर्कासँग जोड्ने उद्देश्यले सुरु गरेको हो ।
न्यु रामजानकी ब्याट्री सेन्टरका सञ्चालकपंकजकुमार साहूले यो मोबाइल फोन पुरस्कार सफलतापूर्वक रिडिम गरे । अमट्रेडका वरिष्ठ सेल्स अधिकारी हरिसुन्दर दुबेदीले एक विशेष कार्यक्रमको अवसरमा उक्त पुरस्कार सञ्चालक साहलाई हस्तान्तरण गरेका थिए ।
यो पहिलो रिडेम्सनले गर्दा एपको सुरुवात नै उत्साहजनक छ । अमट्रेडले आगामी दिनमा यसैगरी थप धेरै च्यानल पार्टनरले यस एपको माध्यमबाट लाभान्वित हुने अपेक्षा छ ।