सिंगटी हाइड्रो इनर्जी नाफामा

सिंगटी हाइड्रो इनर्जीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरणअनुसार अघिल्लो आर्थिक वर्ष नोक्सानीमा रहेको यस कम्पनी, गत आर्थिक वर्षमा नाफामा पुगेको छ ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले १४ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्त ६ करोड ९२ लाख रुपैयाँ नोक्सानीमा थियो ।

विद्युत बिक्री आम्दानी उल्लेख्य बढेसँगै कम्पनी नोक्सानीबाट नाफामा पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ७२७.९१ प्रतिशत बढेर ६७ करोड ७१ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, कम्पनीको सञ्चालन आम्दानी समीक्षा अवधिमा ७६०.६५ प्रतिशत बढेको छ भने अन्य आम्दानी ९२०.४६ प्रतिशत बढेको छ । कम्पनीको कुल खर्च समीषा अवधिमा २५६.७८ प्रतिशत बढेको छ । 

असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ५ रुपैयाँ १७ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १ सय ९ रुपैयाँ ५३ पैसा र मूल्य आम्दानी अनुपात ५५.७५ गुणा रहेको छ ।