सुनको मूल्य १४ सय बढ्यो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य १ हजार ४ सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला १ लाख ९४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो मंगलबारको बजारमा छापावाल सुन प्रतितोला १ लाख ९३ हजार रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । आज बजारमा चाँदी प्रतितोला २ हजार ३ सय १० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । मंगलबारको बजारमा चाँदी प्रतितोला २ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य तीन दिनदेखि निरन्तर बढेको हो ।