प्रधानमन्त्री शाहको चेतावनीपूर्ण स्टाटस: ‘उम्किन्छु भनेर सपना नदेखे हुन्छ’

प्रधानमन्त्री शाहले आइतबार साँझ फेसबुकमा लेखेका छन्, ‘सही समय आएपछि सबैको गलत समय आउँछ, एक–दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ !’

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत चेतावनीपूर्ण अभिव्यक्ति दिएका छन् । उनले ‘सही समय आएपछि सबैको गलत समय आउने’ भन्दै कसैलाई पनि उम्किने सपना नदेख्न चेतावनी दिएका हुन् ।

प्रधानमन्त्री शाहले आइतबार साँझ फेसबुकमा लेखेका छन्, ‘सही समय आएपछि सबैको गलत समय आउँछ, एक–दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ !’

उनले उक्त अभिव्यक्ति कसलाई वा कुन घटनालाई लक्षित गरेर दिएका हुन् भन्नेबारे भने खुलाएका छैनन् । उनको स्टाटस सार्वजनिक भएपछि त्यसको आशयबारे विभिन्न चासो उत्पन्न भएको छ ।

न्युजरुमबाट पत्रकार पक्राउ परेको घटनालाई लिएर सरकारको चर्को आलोचना भइरहेको र सरकारसँग जवाफदेहिताको माग भइरहेका बेला प्रधानमन्त्रीको यस्तो अभिव्यक्ति आएको हो ।

प्रधानमन्त्रीको स्टाटसमा उनका सल्लाहकार कुमार बेनले पनि टिप्पणी गरेका छन् । उनले ‘सही समय भनेको कहिले हो, शनिबार आइतबार हो ?’ भन्दै व्यङ्ग्यात्मक प्रतिक्रिया दिएका छन् ।