संविधान र लोकतन्त्रमाथि आँच पुर्‍याउने जोकोही कारबाहीको भागिदार हुनुपर्छ : रवि लामिछाने

उनले संविधानभन्दा माथि र लोकतन्त्रभन्दा ठूलो कोही पनि नरहेको उल्लेख गर्दै यस विषयमा कुनै द्विविधा नरहेको स्पष्ट पारे ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संविधान र लोकतन्त्रभन्दा माथि कुनै व्यक्ति वा शक्ति नरहेको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले संविधान र लोकतन्त्रको सर्वोच्चतामा पार्टी स्पष्ट रहेको बताए ।

उनले संविधानभन्दा माथि र लोकतन्त्रभन्दा ठूलो कोही पनि नरहेको उल्लेख गर्दै यस विषयमा कुनै द्विविधा नरहेको स्पष्ट पारे ।

त्यस्तै, संविधान र लोकतन्त्रमाथि आँच पुर्‍याउने गतिविधिमा संलग्न जोकोही पनि कानुनी कारबाहीको दायरामा आउनुपर्ने उनको भनाइ छ ।

यस्ता गतिविधि गर्ने व्यक्तिले त्यसको जिम्मेवारी लिनुपर्ने र कानुनअनुसार सजायको भागिदार हुनुपर्ने धारणा आफूहरुले स्पष्ट रूपमा राखेको लामिछानेले बताए ।