आधिकारिक संस्था बिना नै नेपाल फुटबल लिगको घोषणा
नेपाल सुपर लिग (एनएसएल) का सात फ्रेन्चाइज टोली सम्मिलित समूहले छुटै नेपाल फुटबल लिग गर्ने घोषणा गरेका हुन् ।
काठमाडौं । नेपाली फुटबल निकै संकटको अवस्थामा रहेको समय निजी समूहले प्राविधिक साथ र स्वीकृति बिना नै नेपाल फुटबल लिग ९एनएफएल० गर्ने घोषणा गरेको छ ।
नेपाल सुपर लिग (एनएसएल) का सात फ्रेन्चाइज टोली सम्मिलित समूहले छुटै नेपाल फुटबल लिग गर्ने घोषणा गरेका हुन् । नेपाली फुटबलको प्रशासकीय निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) विश्व फुटबल महासंघ (फिफा) द्वारा निलम्बनको अवस्थामा छ । तेस्रो पक्ष (सरकार) बाट हस्तक्षेप भएको भन्दै फिफाले एन्फामाथि निलम्बन गरिरहेको छ भने सरकारले पनि एन्फाका वर्तमान कार्यसमितिका अध्यक्ष पंकजविक्रम नेम्बाङमाथि भ्रस्टाचारको मुद्दा अगाडि बढाइरहेको छ । नेपाली फुटबल विकास गर्ने जिम्मेवारी पाएको आधिकारिक संस्था नै कोमामा पुगेको अवस्थामा एक निजी समूहले अर्को पत्रकार सम्मेलन गर्दै फुटबल लिग घोषणा गरेको छ । नेपाल सुपर लिग (एनएसएल) ले गत जेठ ३ गते आफ्नो सम्पूर्ण तयारी पूरा भएको र भदौ २० गतेबाट लिग सुरु गर्ने घोषणा गरेको थियो । सोही दिन नै आयोजक नेपाल स्पोटर््स म्यानेजमेण्टले नेपाल सुपर लिग (एनएसएल) को प्रबन्ध निर्देशकमा राजु घिसिङलाई जिम्मेवारी दिएको थियो । तथापि त्यो लिग हुन सकेन । आयोजक र त्यसको जिम्मेवारी पाएका व्यक्तिले नै एनएसएलबारे अहिलेसम्म पनि कुनै जानकारी दिएका छैनन् । उनै घिसिङलाई नै कमिसनर घोषणा गर्दै नेपाल फुटबल लिग (एनएफएल) गरिने दाबी भएको छ । काठमाडौंमा शुक्रवार पत्रकार सम्मेलन आयोजना गर्दै नयाँ लिगको घोषणा गरिएको हो । नेपाल फुटबल लिग (एनएफल) फागुन १ बाट शुरु हुने बताइएको छ । एनएफएलको प्रमुखमा कल्याण गुरुङ छन् । उनी नेपाल सुपर लिग (क्लब) ललितपुर सिटी एफसीका मालिक पनि हुन् । उनले यो केही टिम मिलेर सुरु गर्न लागेको निजी लिग रहेको र यसका लागि नेपाल सुपर लिगसँग अनुमति पनि लिएको दाबी गरेका छन् । एन्फामाथि कारबाही भएको र फुटबल लिग नभएको अवस्थामा नयाँ लिगल घोषणा गरिएको उनले बताए । गुरुङले क्लब छाडेर आफू लिग व्यवस्थापनमा अघि बढ्ने दाबी गरे ।
प्रतियोगिताको नारा रहेको छ, ‘नयाँ युगको शुरुवात’ । यसअघिको नेपाल सुपर लिग ९एनएसएल० घोषणा भएर पनि आयोजना नभएको स्थितिमा त्यसै प्रतियोगितामा सहभागी हुने टिमले अबको प्रतियोगितामा सहभागिता जनाउनेछन् । सहभागी हुने अन्य टिममा काठमाडौं रेजर्स, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी, धनगढी एफसी र झापा एफसी गरेर कुल सात रहेका छन् । नेपाल फुटबल लिग (एनएफएल) कमिसनरले नेपाली फुटबल कठिन अवस्थामा रहँदा लिग अगाडि बढाउने र एन्फामाथि निलम्बन फुकुवा भएपछि आधिकारिकता लिने घिसिङले दाबी गरे । एन्फा निलम्बन हुँदा एनएसएलको प्रक्रिया अघि बढ्न नसकेको घिसिङले बताए ।
आयोजकले सहभागी हुने टिमको संख्या बढ्ने र १० टिमसम्म हुने बताएको छ । एनएसएल भने भदौ २० बाट शुरु हुने घोषणा कार्यक्रममा जानकारी दिइयो । एफसी चितवन मालिक सचिन ढकालले सात जना दाजुभाई मिलेर ठप्प भएको फुटबललाई अगाडि बढाउन लागेको बताए । एनएसएल र एनएफएल दुवै आयोजना हुने उनको विश्वास छ । पछि आउने बाधाहरू फुकुवा गर्दै जाने एफसी चितवन मालिक सचिन ढकालको दाबी छ ।
प्रतियोगिताका कमिसनर राजु घिसिङ रहेका छन् र उनले प्रतिष्पर्धा चार महिनासम्म चल्ने र यसका खेल होम एण्ड अवेका आधारमा हुने पनि बताए ।