बूढीगण्डकी बाढीः सेनाद्वारा १ विदेशीसहित ३६ जनाको उद्धार
बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावितहरूको उद्धारका लागि नेपाली सेनाका एमआई–१७ सहित ४ वटा हेलिकोप्टर र फौज परिचालन गरिएको पनि सेनाले जनाएको छ ।
काठमाडौँ । बूढीगण्डकी नदीमा आज बिहान अकस्मात आएको बाढीमा फसेकामध्ये हालसम्म (मध्यान्ह १२ बजेसम्म) १ जना विदेशीसहित ३६ जनाको उद्धार गरिएको छ । नेपाली सेनाले हेलिकोप्टर र स्थलमार्गबाट गरी हालसम्म ३६ जनाको उद्धार गरिएको जनाएको हो ।
सेनाकाअनुसार, जगत इलाकाबाट ६ जना, न्याक्फेदीबाट ९ जना तथा यारुबाट १ शिशु तथा १ विदेशी नागरिकसहित ९ जना र पायुबाट १२ जना गरी हालसम्म जम्मा ३६ जनाको उद्धार गरिएको छ । अन्य सुरक्षा निकाय तथा सरकारवालाहरूसँगको समन्वयमा थप खोज तथा उद्धार कार्य भइरहेको पनि सेनाले जनाएको छ।
बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावितहरूको उद्धारका लागि नेपाली सेनाका एमआई–१७ सहित ४ वटा हेलिकोप्टर र फौज परिचालन गरिएको पनि सेनाले जनाएको छ ।