बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग

हाल उक्त क्षेत्रमा थप ठूलो वर्षाको पूर्वानुमान नरहे पनि भौगोलिक अवस्थाका कारण मनिटरिङ र शतर्कता आवश्यक रहेको विभागको भनाइ छ ।

काठमाडौं । गोरखाको बुढीगण्डकीमा आईतवार बिहान आएको बाढी र पहिरोको मुख्य कारण केबल वर्षा मात्र नभई, पहिरोले खोला थुनिँदा ९ड्यामिङ० सिर्जित विपद् हुनसक्ने प्रारम्भिक निष्कर्ष मौसम विज्ञान विभागले निकालेको छ । 

विभागकी महानिर्देशक डा। अर्चना श्रेष्ठले पछिल्ला केही दिनमा रेकर्ड गरिएको वर्षाको मात्रा सामान्य रहे पनि त्यसले पहिरो निम्त्याउन पर्याप्त भुमिका खेलेको हुनसक्ने बताएकी हुन् । श्रेष्ठकाअनुसार गोरखाका विभिन्न स्टेसनहरू जस्तै बारपाक, नामरुङ र सेतीबेसीमा पछिल्लो केही दिनमा सामान्यदेखि केही मात्रामा वर्षा भएको छ । यद्यपि यही वर्षाले मात्रै ठूलो बाढी निम्त्याउने अवस्था नभएकाले यसमा पहिरोको संलग्नता रहेको विभागको प्रारम्भिक अध्ययनले देखाएको छ । उनले हालैको आँधीका कारण उच्च हिमाली क्षेत्रमा भएको हिमपातको प्रभावबारे पनि गम्भीरताका साथ अनुसन्धान भइरहेको जानकारी दिइन् । 

विभागले गोरखा क्षेत्रमा ठूलो मात्रामा वर्षा नभएको तर जमिन पहिले नै ‘फ्राजाइल’ ९कमजोर० अवस्थामा रहेकाले सामान्य वर्षाले पनि जोखिम निम्त्याएको औंल्याएको छ । हाल उक्त क्षेत्रमा थप ठूलो वर्षाको पूर्वानुमान नरहे पनि भौगोलिक अवस्थाका कारण मनिटरिङ र शतर्कता आवश्यक रहेको विभागको भनाइ छ ।