ग्लोबल आइएमई बैंकका उपत्यकाका सबै शाखाबाटै डलर सटही सुविधा
बैंकका अनुसार डलर सटही गर्न चाहने सेवाग्राहीले सम्बन्धित देशको भिसा, हवाई टिकट र राहदानीसहित उपत्यकाभित्र आफूलाई पायक पर्ने जुनसुकै शाखामा सम्पर्क गर्न सक्नेछन् ।
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौं उपत्यकाभित्रका आफ्ना सबै शाखाबाट अमेरिकी डलर सटही सुविधा उपलब्ध गराएको छ । विदेश भ्रमण, अध्ययन तथा व्यापारिक प्रयोजनका लागि जाने ग्राहकलाई विदेशी मुद्रा व्यवस्थापनमा सहजता प्रदान गर्ने उद्देश्यले बैंकले सबै शाखाबाट सेवा विस्तार गरेको हो ।
बैंकका अनुसार डलर सटही गर्न चाहने सेवाग्राहीले सम्बन्धित देशको भिसा, हवाई टिकट र राहदानीसहित उपत्यकाभित्र आफूलाई पायक पर्ने जुनसुकै शाखामा सम्पर्क गर्न सक्नेछन् ।
नेपाल राष्ट्र बैंकको प्रचलित विदेशी विनिमयसम्बन्धी व्यवस्था तथा नीतिअनुसार तोकिएको सीमासम्म अमेरिकी डलर नगद वा कार्डमार्फत उपलब्ध गराइने बैंकले जनाएको छ ।
यसअघि बैंकका सीमित मुख्य शाखाबाट मात्र नगद विदेशी मुद्रा सटही गर्नुपर्ने अवस्था थियो । अब उपत्यकाका सबै शाखाबाटै डलर सटही सुविधा उपलब्ध भएपछि ग्राहकको समय बचत हुनुका साथै विदेश यात्रा थप सहज हुने बैंकको विश्वास छ ।