दशैं टीकाको साइत कुन देशमा कति बजे ?
नेपालसहित २३ देशमा बसोबास गर्ने नेपालीका लागि स्थानीय समयअनुसार टीकाको साइत निर्धारण गरिएको हो ।
काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादशैंमा विभिन्न मुलुकमा टीका लगाउने उत्तम साइत सार्वजनिक गरेको छ । नेपालसहित २३ देशमा बसोबास गर्ने नेपालीका लागि स्थानीय समयअनुसार टीकाको साइत निर्धारण गरिएको हो ।
समितिका अनुसार नेपालमा बडादशैंको टीका लगाउने उत्तम साइत कात्तिक ४ गते बुधबार बिहान १० बजेर २६ मिनेटमा रहेको छ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले नेपालबाहेक विभिन्न देशमा रहेका नेपालीका लागि पनि टीकाको शुभ साइत निर्धारण गरेको समितिका सदस्य आचार्य लक्ष्मण पन्थीले जानकारी दिए ।
विदेशमा रहेका नेपालीलाई स्थानीय समयअनुसार दशैंको टीका लगाउन सहज होस् भन्ने उद्देश्यले सम्बन्धित देशका लागि छुट्टाछुट्टै साइत तोकिएको हो ।
स्थानअनुसार सूर्योदयको समय तथा दशमी तिथिको अवस्थालाई आधार बनाएर टीकाको साइत निर्धारण गरिने समितिले जनाएको छ । यसै कारण विभिन्न देशमा बडादशैंको टीका लगाउने दिन र समय नेपालभन्दा फरक पर्न सक्ने समितिले जनाएको छ ।
हेर्नुहोस् साइत: