सुन तोलामा ४ सय घट्दा चाँदी ४० रुपैयाँले बढ्यो
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको ४ सयले घटेर तोलाको २ लाख ९१ हजार ५ सयमा कारोबार भइरहेको छ ।
काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको ४ सयले घटेर तोलाको २ लाख ९१ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको २ लाख ९१ हजार ९ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ४० रुपैयाँले बढेर ४ हजार ४३० मा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ४ हजार ३९० मा कारोबार भएको थियो ।