आज सुनचाँदीको मूल्य स्थिर

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको २ लाख ९३ हजार ३ सयमा कारोबार भइरहेको छ ।

काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको २ लाख ९३ हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार पनि सुन सोहि मुल्यमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ४ हजार ४२५ मा कारोबार भइरहेको छ । यसअघि बुधबार पनि चाँदी सोहि मूल्यमा कारोबार भएको थियो ।